बागमतीको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव

काठमाडौँ, २८ भदौ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव हुने भएको छ । मन्त्रालयको संसोधित दरबन्दी तेरिजमा सचिवमा स्वास्थ्य समूह कर्मचारी सचिव हुने उल्लेख छ ।

यसअघिको दरबन्दी तेरिजमा प्रशासन समूहको एघारौँ तहको सचिव हुने व्यवस्था राखेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोध जनाएका थिए । बागमती प्रदेशका स्वास्थ्यकर्मीहरुले त कोभिड खोप नै रोक्न थालेका थिए ।

अब बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा ११ औं तहका कर्मचारीले नेतृत्व गर्ने छन्।

नयाँ तेरिजमा पनि उपसचिवमा भने ९/१० औं तहका प्रशासनतर्फका कर्मचारी रहने उल्लेख छ ।

प्रदेशस्तरमा स्थापना भएका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव दरबन्दी हुन सकेको थिएन।

गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त भएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *