‘डब्लुएचओ सेरो’को चौहत्तरौं सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको आयोजक बन्दै नेपाल

काठमाडौं, १८ भदौ । विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमानमहामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको‘ अझ राम्रो पुनर्निर्माण’का उपायहरूले विशेष स्थान पाउने भएका छन् ।

विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वी एशियाको चौहत्तरौं सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक २१ देखि २५ भदौसम्म नेपालमा आयोजना हुँदैछ । उक्त बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ ।

महामारीले पैदा गरेको जोखिमलाई मध्यनजरगर्र्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिकबैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण,नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरलहेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुनेछ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिकोअनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागिखोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएकाबैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

सन् २०२३सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने,दक्षिण—पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीकोस्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूकोसुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुन सक्नेछन् ।

विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यसक्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन्ः सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथायोजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिकाबालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापीपहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपतकालीन जोखिमव्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलन गर्ने ।

विश्व जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्याबसोवास गर्ने यस क्षेत्रले प्राथमिकता प्राप्त कार्यक्रमहरूमा भएका प्रगतिलाई दिगोबनाइरहेको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मापोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुनेधनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो ।

माल्दिभ्स र श्रीलङ्काले दादुरा ररुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया रटिमोर—लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।

नेपाल र म्यानमारले ट्राकोमाउन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ ।

थाइलेण्ड, श्रीलङ्का रमाल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरीङ्गी ९सिफिलिस०को उन्मूलन गरेकोछन् । बङ्गलादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीलाई नियन्त्रण गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *