लकडाउनले बेलायती युवा वयस्कहरुमा धूमपानको कुलत बढायो : अध्ययन्

एजेन्सी । लकडाउनले युवा वयस्कहरुमा धूमपान गर्ने क्रमलाई झनै बृद्धि गरेको बेलायतमा गरिएको एक अनुसन्धाले देखाएको छ । क्यान्सर रिसर्च युकेका अनुसार १८ देखि ३४ बर्ष उमेरका युवा वयस्कहरुमा धूमपान गर्ने दर २१.५ प्रतिशतबाट बढेर २६.८ प्रतिशत पुगेको छ ।

अध्ययनले धूमपान गर्नेहरुको संख्या किन बढ्यो भनेर भन्दैन तर विज्ञहरुले तनावका कारण धूमपान प्रयोगकर्ताहरु बढेको हो कि भन्ने विश्वास गरेका छन् ।

त्यसो त अध्ययनले यहि समयमा अत्यधिक रुपमा मादक पदार्थ सेवन गर्ने बयस्कहरुको संख्यामा पनि बृद्धि भएको देखाएको छ ।

जर्नल एडिक्सनमा प्रकाशित भएको यो अध्ययन मासिक विवरणमा आधारित छ । जसमा सयौ धूमपान तथा मध्यपान सेवनकर्ताहरु सहभागी छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार उनीहरुले सन् २०२० को बसन्त ऋतुमा गरिएको पहिलो लकडाउन र त्यसभन्दा सात महिना अघिको विवरणमा तुलना गरेका थिए । सो क्रममा उनीहरुले लकडाउन गरेपछि सात महिना अघिको तुलनामा ६ लाख ५२ हजार युवा वयस्क धूमपान प्रयोग कर्ता थपिएको पाएका थिए ।

अध्ययनले यो पनि देखाएको छ कि धेरै धूमपान प्रयोगकर्ताहरु यहि अवधीमा आफ्नो कुलत छोडन चाहेको समेत बताएका थिए । धूमपान गर्ने बढ्ने र छोडनेको संख्या पनि बढ्दै जाँदा समग्रमा प्रयोगकर्ताको संख्या स्थिर रहनेमा पनि अनुसन्धानकर्ताहरु आशावादी भएको बताइएको छ ।

अनुसन्धानकर्ताहरुले कोभिडबाट मरिन्छ कि भन्ने डरले धेरै वयस्कहरु धूमपान तथा मध्यपानको कुलत सुरु गरेको हुनसक्ने बताएका छन् ।

युनिभर्सिटी लण्डनकी प्रमुख सोधकर्ता डा सारा ज्याक्सनले भनिन्, ‘पहिलो लकडाउन यति अभूतपूर्व थियो कि यसले मानिसहरुको दैनिक जीवनमा समेत परिवर्तन ल्याएको छ ।’ उनी अगाडी थप्छिन् , ‘ यही बेला धेरै धूमपान तथा मध्यपान गर्नका लागि अघि सरे र यहि बेला नै धेरैले धूमपान त्याग्ने समेत इच्छा देखाए ।’

उनले धूमपान गर्नेहरुलाई नजर राख्दै त्याग्न चाहनेको लागि उचित मौका र सहयोग दिनुपर्ने बताइन ।

क्यान्सर रिसर्च युके भन्छ, ‘धूमपानको कुनै सुरक्षित स्तर छैन, यसले आराम दिने वा चिन्तामुक्त गर्ने भन्ने पनि होइन ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *