COVID-19

कोरोना असर : उपत्यका प्रवेशमा कडाइ गर्ने सिसिएमसीको निर्णय

काठमाडौँ, १६ असार ।  सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को सोमबार बसेको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका ४ जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण

पोखरा, ३० जेठ । गण्डकी प्रदेशका ४ जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार (आज) विहान ६:१५ बजे गराएको नियमित कोरोना अपडेटमा पर्वत, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीमा गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोभिड – १९ नेपाल अपडेट : कुन प्रदेशमा कति संक्रमण, कति मृत्यु, कति निको भए ?

काठमाडौँ, २९ जेठ । नेपालमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ हजार ६१४ पुग्दा सबेभन्दा बढी संक्रमित १६७१ प्रदेश नं २ मा देखिएको छ । यो संख्या कुल संक्रमितको एक तिहाई भन्दा बढी हो ।

अर्घाखाँचीमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ, कुल मृत्युको संख्या १६ पुग्यो

काठमाडौँ, २९ जेठ । अर्घाखाँचीमा बुधबार मृत्यु भएका एक जना पुरुषमा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ भएको पाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा विहीबार आएको परीक्षण रिपोर्टमा पोजेटिभ भएको पाइएको हो ।