चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ५७ प्रतिशत पास

2.0k
Shares

काठमाडौँ, २९ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षामा ५७ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलले हिजो र आज एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिएको थियो । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार डेन्टल तर्फ फारम भरेका १९६ जनामध्ये १२३ जना ( ६३.७ प्रतिशत) पास भएका छन् । फारम भरेका मध्ये परीक्षामा १ जना सहभागी भएका थिएनन ।

यस्तै एमबीबीएस तर्फ ९६० जनाले परीक्षाका लागि फारम भरेका थिए । त्यसमध्ये ६०५ जना पास भएका छन् । परीक्षामा १३ जना अनुपस्थित देखिएका थिए । एमबीबीएस तर्फ ५०.८९ प्रतिशत पास भएको डा अधिकारीले पुष्टि गरे ।

कोरोना महामारीकाबीच काउन्सिलले यसपटक पनि पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर विधिबाट लाइसेन्स परीक्षा लिएको थियो । अघि बेलुका ६ बजे सकिएको परीक्षाको नतिजा एक घण्टा नहुँदै प्रकाशित भएको हो ।

यहाँ तलको लिंकमा क्लिक गरेर नतिजा हेर्न सकिन्छ   ⇓

https://nmc.org.np/result/result-of-nmcle-12th-13th-august-2021

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *