काठमाडौँमा २२ साउन देखि भेरोसेलको दोस्रो डोज दिईंदै

काठमाडौँ, २० साउन । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लामा २२ साउन देखि कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो डोज दिने योजना अघि बढाएको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले २२ देखि २४ साउनसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले ५५ बर्ष माथिका, शिक्षक, प्राध्यापक, सवारी चालक, अत्यावश्यक सेवामा खटिएका व्यक्तिहरु जसको पहिलो मात्राको खोप लगाएको एक महिना पुगेको छ उनीहरुलाई दोस्रो मात्रा खोप दिन लागिएको बताए ।

उनले खोप लिन जानु अघि आफ्नो नाम सबैलाई विद्युतीय दर्ता गर्न समेत अनिवार्य गरेको बताए । अब विद्युतीय दर्ता नम्बर र खोप कार्ड लिएर मात्रै दोस्रो डोज लिन पाइनेछ । उनले भने । नाम दर्ता गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको एप तथा वेवसाइटबाट दर्ता गर्न सकिने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *