आठ लाख डोज ‘भेरोसेल’ खोप काठमाडौँ आईपुग्यो

काठमाडौँ, ७ साउन । कोभिडबिरुद्धको खोप भेरोसेलको थप ८ लाख डोज बिहीबार दिउसो काठमाडौँ आइपुगेको छ । चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको विमान दिउसो २ : ५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको छ ।
सरकारले गत महिना चिनिया कम्पनी सिनोफार्मसंग ४० लाख डोज भेरोसेल खरीद गरेको थियो । सोही खोपको दोस्रो खेप आज आएको हो । यसअघि पहिलो खेप गत २५ असारमा ८ लाख डोज ल्याइएको थियो ।
‘आठ लाख डोज खोप आइ पुग्यो । अहिले त्यसैको व्यवस्थापनमा लागेका छौँ । केही भण्डारण गर्ने र केही वितरण गर्ने योजना छ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाले भने ।
नेपाल एयरलायन्सको विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौँ ल्याउने योजना बनाएको छ ।
सम्पर्क इमेल : [email protected]