स्वास्थ्य सचिव बने डा. रोशन पोखरेल

928
Shares

काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल सचिव पदमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि आज विहान बसेको बढुवा समितिको बैठकले १२ औँ तहका डा पोखरेल सहित डा दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तीनजनामध्येबाट पहिलो नम्बरमा सिफारिसमा परेका डा पोखरेललाई सचिव बनाइएको एक जना मन्त्रीले बताए ।

तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरी १७ मंसिर २०७५ मा प्रधानमन्त्री कार्यालयमा तानिएकी थिईन । उनी तानिएपछि अढाई बर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य समूहको सचिव पाएको थिएन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *