बजेटका विषयमा सुदूरपश्चिमका सचिवलाई प्रदेश स्वास्थ्य निर्देशकको सात गुनासो

डा. गुणराज अवस्थी

श्रीमान सचिव ज्यु, महाशाखा प्रमुख ज्यु,

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश,

आ.ब.२०७८/७९ काे बजेट तथा कार्यक्रमकाे बारेमा आर्थिक मामिला तथा याेजना मन्त्रालय संगकाे छलफलमा सामाजिक बिकास मन्त्रालयकाे जुन सहयाेग अपेक्षा थियाे त्यसकाे ठिक उल्टाे पाईएकाेले बाध्यताबस केही असन्तुष्टि पाेखेकाे छु।

कर्मचारीले राख्नु पर्ने मर्यादामा कहि कतै त्रुटि भए क्षमा चाहान्छु ।

१. वर्तमान महामारीमा स्वास्थ्य कार्यालयले गरेकाे नियमित रिपोर्टिङ, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसंगकाे समन्वयकाे बारेमा या त सामाजिक बिकास मन्त्रालय अनभिज्ञ छ या त सन्तुष्ट छैन । नभए, स्वास्थ्य कार्यालयकाे बजेट कटाैतीमा अर्थलाई सहयाेग गर्नुले हामी स्वास्थ्य कार्यालयका साथिहरूले कसरी बुझ्ने ?

२. काेभिड महामारी नियन्त्रणमा स्वास्थ्य कार्यालयले संचालन गरेका हेल्थ डेस्क, Contact tracing, PCR Sample collection, ढुवानी, PCR lab संगकाे समन्वय, दैनिक ठिक ३ बजेकाे रिपोर्टिङ, PPE, Antigen, VTM आवश्यकता अनुसार माग तथा बितरण, महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयले तयार पारेका गाईडलाईन निर्देशिकाकाे बारेमा स्थानिय तहमा जानकारी, साे अनुसार कार्य सम्पादनमा अनुगमन, सहजिकरण, समन्वय, मिडिया ब्यवस्थापनमा स्वास्थ्य कार्यालयकाे भुमिका/ जिम्मेवारीबारे या त सामाजिक बिकास मन्त्रालय (माहाशाखा) सन्तुष्ठ छैन या त अनभिज्ञ छ । अन्यथा,  महामारी नियन्त्रणकाे लागि प्रस्तावित बजेट कटाैतीकाे लागि मन्त्रालयकाे सिफारिस किन ?

३. काेभिड – १९ बिरूद्वकाे खाेप अभियान, MR खाेप अभियान, पुर्णखाेप सुनिश्चितता लगायत नियमित खाेप कार्यक्रम, बृहत् पाेषण प्याकेज, विभिन्न स्वास्थ्य शिविरहरू संचालन गर्न स्वास्थ्य कार्यालयले गरेकाे भुमिका सामाजिक मन्त्रालयले नदेखेकाे हाे ? नभए जनस्वास्थ्य प्रवर्द्वनमा छुट्याइएको बजेट कटाैतीमा मन्त्रालयले प्रतिवाद गर्नुपर्नेमा माैन सहमति किन ?

४. अस्पताल सुविधा सम्पन्न हुनपर्छ, प्रयाप्त मेडिकल औजार उपकरणकाे आवश्यकता छ, भाैतिक पुर्वाधारकाे जरूरी छ, त्यसकाे लागि ठुलाे बजेटकाे आवश्यकता छ, त्यसकाे लागि बजेटकाे अभाव भन्दैमा जनस्वास्थ्यका कार्यक्रमहरू कटाैती गरिनु हुन्छ र ?  जनस्वास्थ्यका कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन भई जब सम्म नागरिक स्वस्थ्य हुदैन तब सम्म अस्पतालकाे भार घट्दैन, जनस्वास्थ्य कार्यक्रमकाे उद्वेश्य Disease burden घटाउने पनि हाे भन्ने किन नबुझेको ?

५. जनस्वास्थ्यका कार्यक्रमहरू आवश्यक हुन भने २० बर्षमुनि गर्भवति जाँच गराउन आउने  २० प्रतिशत  तथ्यांक भएकाे जिल्लामा स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको सहयाेगमा बाल बिवाह र स्वास्थ्यमा पार्ने असर न्युनिकरणकाे लागि प्रस्ताव गरिएकाे बजेट कटाैतीमा मन्त्रालय माैन किन?

६.  Program commodities को जिल्लामा, पालिकामा, स्वास्थ्य संस्थामा stock out भएको छ। आपुर्तिमा सोध्यो, छैन भन्ने जवाफ आउछ। जिल्लामा तत्कालको अत्यावश्यक आपूर्ति व्यवस्थापनकोलागि न्यूनतम बजेट छुट्ट्याउदा, ‘त्यो पर्दैन’। अनि कसरी काम गर्ने?

७. गत आर्थिक बर्ष र चालु आ. ब भन्दा आगामी आर्थिक वर्षमा स्वास्थसेवा तफं सुदूरपश्चिम प्रदेशमा चालु तफं करिब २४% र पुजिगत तफं ८०% बजेट विनियोजन कम भएको सिलिङ बाट देखिन्छ, कम्तीमा पनि ३०% बजेट स्वास्थ्य सेवाकालागि थप नभए ‌अहिलेको भन्दा पनि स्वास्थ सेवा निकै तल खसकने निश्चित छ । नेपाल सरकार को राष्ट्रिय स्वास्थ नीति अनुसार काम नहुने भएकाले समयमा नै सचेत भएर सहयोग गरौ, यस प्रदेशमा जनस्वास्थ्यमा लगानी बढाउन नेपाल सरकार, प्रदेश,स्थानीय तह र सहयोगी संस्थाहरु लाई हार्दिक अनुरोध गर्दछु ।

याे मेराे कुनै आग्रह पुर्वाग्रह नभई Public Health कार्यक्रमलाई सुदुरपश्चिम प्रदेशले हासिल गरेका स्वास्थ्यका सुचकहरूलाई कायम राख्न र कमजाेर सुचकमा प्रगति हासिल गर्न प्राथिमिकतामा राख्न गरिएकाे ब्यक्तिगत आग्रह हाे।

धन्यवाद ।

डा. गुणराज अवस्थी

निर्देशक
प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *