संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, ११ बैशाख । दुई साता अघि कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ बाँके निवासी ६५ बर्षीया सिद्धिकीको आज बेलुका साढे ७ बजे भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
गत २८ चैतका दिन कोरोना पुष्टि भएपछि सिद्धिकी भेरी अस्पतालमा भर्ना भएकी थिइन ।
सिद्धिकी विसं २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फको सभासद बनेकी थिइन ।
सिद्धिकीसंगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म ७९ जनाको ज्यान गइसकेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



