संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, ११ बैशाख । दुई साता अघि कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ बाँके निवासी ६५ बर्षीया सिद्धिकीको आज बेलुका साढे ७ बजे भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
गत २८ चैतका दिन कोरोना पुष्टि भएपछि सिद्धिकी भेरी अस्पतालमा भर्ना भएकी थिइन ।
सिद्धिकी विसं २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फको सभासद बनेकी थिइन ।
सिद्धिकीसंगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म ७९ जनाको ज्यान गइसकेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]