भारतमा पछिल्लो चौविस घण्टामा कोरोनाका नयाँ संक्रमित ७२ हजार बढी

नयाँदिल्ली । भारतमा पछिल्लो चौविस घण्टामा ७२ हजार ७२ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । यहि अवधीमा ४० हजार ४१७ जना निको भ एभने ४५८ जनाको संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा बुधबार देखिएको यो संख्या पछिल्लो १७२ दिन यताकै सबैभन्दा बढी हो । यसअघि १० अक्टोबरका दिन सबैभन्दा बढी अर्थात ७४ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै बुधबारको मृत्युसंख्या पछिल्लो ११६ दिन यताकै सबैभन्दा बढी हो । यसअघि ५ डिसेम्बरका दिन ४८२ जनाको ज्यान गएको थियो ।

यसैबीच भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडामा पनि संक्रमण देखिएको छ । देवेगौडाले बुधबार सामाजिक सञ्जालमा आफू र आफ्नो श्रीमती चेन्नमा समेत कोरोना संक्रमणमा परेको जानकारी दिएका छन् ।

यता केन्द्र सरकारले आजबाट देशभर ४५ बर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोरोनाबिरुद्धको खोप दिने बताएको छ । सरकराले बनाएको कोविन पोर्टलमा नाम दर्ता गराएपछि त्यसैका आधारमा सरकारी तथा निजी अस्पतालको खोप केन्द्रमा गई खोप लिन सक्ने बताइएको छ ।

उता कोरोनाको सबैभन्दा बढी संक्रमण देखिएको महाराष्ट्र सरकारले आरटीपीसीआर परीक्षण गराउँदा लाग्ने नयाँ शुल्क तोकेको छ । नयाँ मूल्य अनुसार परीक्षण केन्द्रमै गएर परीक्षण गराउँदा ५०० रुपैयाँ दिनुपर्ने भनिएको छ ।

यस्तै कोभिड सेन्टर, क्वारेन्टिन सेन्टर वा आइसोलेसन सेन्टरबाट नमूना दिनु परेमा शुल्क ६ सय रुपैयाँ तोकिएको छ । घरमै आएर परीक्षणको व्यवस्था मिलाउन परेमा ८ सय रुपैयाँ शुल्क तोकिएको राज्य सरकारले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *