नेपाल पेडियाट्रिक सोसाईटीको नयाँ कार्यसमिति,अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित

काठमाडौँ,२२ फागुन । नेपालका बाल चिकित्सकहरुको पेशागत संस्था नेपाल पेडियाट्रिक सोसाईटी (नेपास)को अध्यक्षमा बरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राई निर्वाचित भएका छन् ।

आज विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म भएको कार्यकारिणी समितिको अनलाइन माध्यमबाट गरिएको निर्वाचनमा डा रायृ निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा डा कैलाश प्रसाद साह निर्वाचित भएका छन् । उनले १९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

महासचिव डा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै कोषाध्यक्षमा डा रामहरि चापागाईँ पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सचिव पदमा डा विष्णुरथ गिरी निर्वाचित भएका छन् । उनले १७६ मत प्राप्त गरेका थिए । यस्तै सह कोषाध्यक्ष पदमा डा राजु काफ्ले बिजयी भएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा सुमित अग्रवाल २४४ मत, डा स्मृति माथेमा २३६ मत, डा प्रकाश जोशी २२४ मत, डा संगिता शाक्य २१३ मत, डा ओमकृष्ण पाठक २०७ मत र डा दीपक राजभण्डारी १८७ मतका साथ विजयी भएका छन् । यस्तै डा महेशकुमार गौतम १८६ मत र डा अंशु झा पनि १८२ मतका साथ सदस्य पदमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको पदावधि दुई बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *