‘कोभ्याक्स’ अन्तरगर्तको ‘पहिलो खेप’ खोप भोलि आउँदै

1.1k
Shares

काठमाडौँ, २२ फागुन । नेपालले कोभ्याक्स फ्यासिलिटी अन्तरगर्त प्राप्त गरेको कोभिडबिरुद्धको खोपको पहिलो खेप भोलि (आइतबार) प्राप्त गर्ने भएको छ ।   सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान भोलि विहान ११ बजे काठमाडौँ अवतरण गर्नेछ ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निशुल्क खोप उपलव्ध गराउनेछ । त्यस अनुसार नेपालले ६० लाख बढी खोप निशुल्क पाउने छ । तर खोपको माग अनुसार उत्पादन हुन नसकेकोले विभिन्न खेपमा खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स लागेको हो ।

‘पहिले २२ लाख ५६ हजार खोप पहिलो लटमा आउने भनिएको थियो । तर सबै तिर बाँढदा त्यो सम्भव भएन त्यसैले भोलि आउने ३ लाख ४८ हजार खोप हो,’ स्वास्थ्य सेवा विभाग स्रोतले भन्यो ।

कोभिड- १९ को महामारी सुरु भएपछि विभिन्न देशका एजेन्सीहरु खोपको अनुसन्धान तथा निर्माणमा लागेका थिए । खोप बनिसकेपछि त्यसको प्रयोग धनी तथा गरीव देशहरुले समुचित रुपमा पाउन भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो ।

अहिलेसम्म विभिन्न मुलुकमा कोभ्याक्सले १ करोड २० लाख डोज खोप पठाईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *