कोरोनाबिरुद्धको खोप नेपालमा ‘पर्सी’ नै आउने !

2.6k
Shares

काठमाडौँ, ६ माघ । नेपालमा कोरोनाबिरुद्धको खोप पर्सी (बिहीबार)सम्म आइपुग्ने भएको छ । कोरोना भाइरसको पहिलो केश देखिएको एक बर्ष पुग्न एक दिन बाँकी छँदा नेपालमा त्यसविरुद्ध प्रयोग हुने खोप भित्रन लागेको हो । नेपालमा कोरोनाको पहिलो केश देएिको ९ माघमा एक बर्ष पुग्दैछ ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप कोभिशिल्ड पर्सी नेपाल आइपुग्ने भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ
पहिलो चरणमा आउने खोप भारत सरकारको अनुदानमा आउन लागेको हो ।

‘खोप पर्सी आउँदै छ । सम्भवत पहिलो लटमा आउने एक लाख भाइल आउँछ होला । मन्त्रालयका एक अधिकारीले भने तर अहिले आउने खोप भारत सरकारको अनुदानमा नै हो,’ स्रोतले भन्यो ।

यसै साता भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका समकक्षीसंगको बैठकमा खोपको उपलव्धताबारेमा कुरा उठाएका थिए । भारतले सो विषयलाई गम्भीरतापूर्वक लिएको र नेपाल खोप पाउने पहिलो छिमेकी हुने आश्वासन दिएको थियो । सोही आश्वासन पुरा गर्न भारतले पर्सी नै खोप पठाउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयले खोप आएको एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ । उसले त्यसका लागि चाहिने आवश्यक नीतिगत निर्णय यसअघि नै गरिसकेको समेत उल्लेख गरेको छ ।

त्यसो त कोभिशिल्डलाई नेपालले यसै साता आपतकालिन प्रयोगका लागि अनुमति दिईसकेको छ ।

मन्त्रालयले खोप लगाउने प्राथमिकता निर्धारण गर्दै सबै भन्दा पहिले फ्रन्टलाइन हेल्थ वर्करहरुलाई दिइने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *