पुन: डेढ महिना देशव्यापी लकडाउन गर्दै बेलायत

276
Shares

लण्डन, २१ पुस । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि बेलायतमा पुन: ढेड महिना लकडाउनको घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण नियन्त्रणका लागि  मंगलबारबाट लागू हुने गरी फेब्रअरी मध्येसम्म देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

बेलायतमा यतिवेला कोभिडबिरुद्धको खोप पनि सञ्चालन भइरहेको छ ।

प्रधानमन्त्री जोन्सनले सोमबार राती देशवासीलाई सम्वोधन गर्ने क्रममा अहिले देशका लागि कठिन समय रहेको भन्दै सरकारको घोषणा पूर्ण कार्यान्वयनमा ल्याउन सहयोग गर्न आम जनतासंग आग्रह गरे । उनले देशका सबैभागमा नयाँ प्रकारको भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ भन्दै लकडाउनको यसको चेन रोक्नका लागि लकडाउन आवश्यक रहेको बताए ।

‘अहिले स्कुल, कलेज तथा विश्वविद्यालयहरु बन्द गरिएको छ । विद्यार्थीहरुले पुन अनलाइनको माध्यमबाट पढ्नु पर्ने छ । अन्य सर्वसाधारण पनि घरबाट ननिस्कनु होला । प्रधानमन्त्री जोन्सनले सम्वोधनका क्रममा अगाडी थपे, आकस्मिक बाहेकका पसलहरु तथा सैलुन, व्यूटिपार्लर, रेष्टुरेन्ट सेवाहरु बन्द गर्नुहोला ।,

बेलायतको सोमबारसम्म २६ हजार ६२६ जना संक्रमित अस्पतालमा उपचाररत थिए । पछिल्लो साता ३० प्रतिशत भन्दा बढी संक्रमित थपिएका छन् । यो संख्या पहिलो वेवको देखिएको उच्चस्तर भन्दा ४० प्रतिशतले बढी हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *