पारस खड्कालाई कोरोना संक्रमण

112
Shares

काठमाडौँ, २६ मसिर । नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं खेलाडी पारस खड्का कोरोना संक्रमणमा परेका छन् । आज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

खड्काले आफू संक्रमणमा परेको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनले कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको र त्यसपछि बिहीबार पीसीआर गराएको बताएका छन् ।

उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् ।
संक्रमणमा परेपछि उनले चितवनमा हुने गौतम बुद्ध कप गुमाउने भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *