पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौँ, २६ मसिर । नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं खेलाडी पारस खड्का कोरोना संक्रमणमा परेका छन् । आज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

खड्काले आफू संक्रमणमा परेको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनले कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको र त्यसपछि बिहीबार पीसीआर गराएको बताएका छन् ।

उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् ।
संक्रमणमा परेपछि उनले चितवनमा हुने गौतम बुद्ध कप गुमाउने भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *