अमिताभ बच्चन कोरोना मुक्त, अभिषेक पनिआज डिस्चार्ज हुँदै

0
Shares


मुम्बई, ८ साउन । वलिउडका बरिष्ठ कलाकार अमिताभ बच्चनको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै उनका छोरा एवं नायक अभिषेक बच्चन आज डिस्चार्ज हुने भएका छन् ।

उनमा अघिल्लो साता र्‍यापिड एन्टिजीन टेष्टमा रिपोर्ट पोजेटिभ आएपछि बच्चन परिवारका बाबु छोरा दुबैलाई मुम्वईस्थित नानाबटी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको हो।

यद्यपि अमिताभको अझै दुई वटा टेस्ट गरिनेछ। ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन। उनीहरु सोही अस्पतालमा भर्ना भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *