‘महामारीको बेला : नगरौँ जुलस, आत्मघाती होला’

काठमाडौँ, ३१ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रायले कोरोना महामारीका बेला जुलुस तथा आन्दोलन गर्दै हिड्दा त्यसको नतिजा आत्मघाती हुनसक्ने भन्दै आम सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको गरेको छ ।

पछिल्ला दिनहरुमासरकारलाई जवाफदेही बनाउने भन्दै राजधानी सहित देशका विभिन्न भागमा जुलुस हुने क्रम बढ्न थालेपछि मन्त्रालयको यस्तो आग्रह आएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित कोरोना ब्रिफिङमा कोरोना महामारीको यो बेला जुलुस हुनु दुखद रहेको भन्दै त्यसमा सावधानी अपाउन सकिएन भने त्यसले आत्मघाती नतिजा दिनसक्ने बताए ।

उनले यस्ता जुलुसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा सम्लग्न व्यक्तिहरुलाई समेत संक्रमण हुनसक्ने भन्दै आयोजना गर्ने र गराउनेलाई सचेत हुन आग्रह गरेका छन् ।

उनले परिवारको एक सदस्य संक्रमित भएमा घरमा रहेका जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, बालबालिका तथा दीर्घ रोगीलाई रोग संक्रमण हुनसक्ने र मृत्यु समेत हुनसक्ने भन्दै त्यसमा समेत गम्भीर भैदिन आग्रह गरेका छन् ।

डा गौतमले शहरी क्षेत्रका घनावस्तीमा कोरोना संक्रमण भएमा अस्पतालहरुले उपचार धान्न सक्दैन भन्दै जुलुसमा सहभागीहरुलाई सम्भावित दुर्घटनाको विषयप्रति गम्भीर हुन भनेका छन् ।

एक जिल्लामा दुई सय बढी ‘एक्टीभ’ संक्रमित भए पूर्ण रुपमा लकडाउन
यसैबीच प्रवक्ता डा गौतमले एक जिल्लामा दुई सय बढी एक्टीभ कोरोना संक्रमित भएमा पूर्ण रुपमा लकडाउन गरिने जानकारी दिए । उनले भिडभाडमा कुनै संक्रमित व्यक्ति छिरेमा त्यसले केस बढाउन सहज हुने भन्दै त्यसतर्फ पनि युवाहरुको ध्यानाकर्षण गराएका छन् ।

पूर्ण रुपमा लकडाउन हुँदा, त्यसले व्यापार व्यवसाय समेत धरासायी हुनसक्छ र जीवन कष्ठकर बन्न सक्छ । त्यसैले यतापट्टी सोचौँ । उनले भनेका छन् ।

१५ असारबाट पीसीआर परीक्षण दैनिक १० हजार
पछिल्ला पटक शहरमा देखिएका युवाहरुको जुलुसले पीसीआर परीक्षण बढाउन माग गरेको छ । प्रवक्ता डा गौतमले पीसीआर परीक्षणको दर बढाउँदै लगेको भन्दै १५ असार सम्म दैनिक परीक्षण १० हजार सम्म पुर्याउने दावी गरे । तर उनले जुलुस तथा भिडभाडले संक्रमण बढ्दै गएमा त्यो संख्या पनि अपुग हुने तर्फ सचेत गरेका छन् ।

उनले जुलुसमा सामाजिक दुरी काम नहुन सक्ने, नारा लगाउँदा थुकको छिटा बाहिरिने र यदि संक्रमित व्यक्ति भए त्यसबाट धेरै जना संक्रमित हुनेसम्भावना रहने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *