दश बर्ष भित्र ५० प्रतिशत बाथ मुटुरोग घटाईने

काठमाडौँ, ३० जेठ ।  नेपाल हृदय रोग निवारण प्रतिष्ठान र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले संयुक्त रुपमा ‘बाथ मुटुरोग निवारण अभियान’ सञ्चालन गर्ने भएका छन् । आगामी दश बर्ष भित्र बाथ मुटु रोग सम्वन्धी स्वास्थ्य समस्यालाई ५० प्रतिशतले घटाउने उद्धेश्यका साथ यी दुई संस्थाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका तर्फबाट अध्यक्ष दिपेन्द्र पुरुष ढकाल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको तर्फबाट केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालमा वर्षेनी करिब एक हजार बालबालिकाहरुको मृत्यु बाथ मुटु रोगका कारण हुने गर्दछ । यस रोगका कारण मुटुको भल्भ खराब भई वर्षेनी करिब एक हजार जनाको मुटुको भल्भ फेर्ने शल्यक्रिया गर्नु पर्ने स्थिति छ ।

यस्तो शल्य चिकित्साका लागि मात्र सरकारले वर्षेनी ३० करोड रुपैयाँ खर्च गर्ने गरेको छ । यद्धपी नेपालमा उपचार गर्नु पर्ने अवस्थामा १ लाख भन्दा बढी बाथ मुटु रोगीहरु भएको अनुमान गरिएको छ ।

बाथ मुटु रोग विज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नेपालमा प्रति १० हजार बालबालिकामा १०० जनालाई बाथ मुटु रोग लाग्ने गरेको छ । देशव्यापी रुपमा रोकथामका कार्यक्रम सञ्चालन गर्न सके यो रोगलाई उल्लेखनीय रुपमा घटाउन सकिने डा रेग्मी बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *