स्वास्थ्य सेवा विभागको महानिर्देशकको रुपमा डा. दीपेन्द्रले गरे पदवहाली

44
Shares

काठमाडौँ, २३ जेठ । स्वास्थ्य सेवा विभागको नवनियुक्त महानिर्देशक डा दीपेन्द्ररमण सिंहले पदवहाली गरेका छन् । आज दिउसो विभाग पुगेर उनले पदवहाली गरेका हुन् ।

सो अवसरमा उलने कोरोना महामारी विरुद्ध लडनुपर्ने अहिलेको सबैभन्दा ठूलो चुनौती छ भन्दै त्यसमा सबै महाशाखा र त्यसमा कार्यरत सबै कर्मचारी एकजुट भएर अघि बढनुपर्ने बताए ।

साढे तीन महिना अघि १२ आँै (प्रमुख विशेषज्ञ पद) तहमा बढुवा भएका डा सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेका थिए ।

त्यसअघिका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानिएको छ । मन्त्रालय तानिए लगत्तै श्रेष्ठ हिजो नै विदाई भएर हिडिसकेका छन् ।
यसैबीच डा सिंहसंगै व्यवस्थापन महाशाखाको निर्देशकको रुपमा सरुवा भएका डा रमेश खरेलले पनि आजैबाट पदवहाली गरेका छन् ।

विभागका आयोजित कार्यक्रममा कर्मचारीहरुले उनको समेत स्वागत गरेका थिए । उनी त्यसअघि राष्टिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक थिए । यसअघि व्यवस्थापन महाशाखामा रहेका भोगेन्द्र डोटेललाई मन्त्रालय तानिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *