मन्त्रालय तानिएकै दिन विभागबाट विदा भए महेन्द्र र भोगेन्द्र

काठमाडौँ, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिए लगत्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल रमाना लिएर हिडेका छन् ।

उनीहरुलाई विभागका सहकर्मीहरुले आजै विदावादी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठ र डोटेल सहित अरु छ जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।

श्रेष्ठको ठाँउमा मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंह जाँदै छन् । डोटेलको ठाँउ एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक बनेका डा रमेश खरेलले सम्हाल्नेछन् ।

साढे तीन महिनामै मन्त्रालयमा फिर्ता

निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालेको चार दिनपछि नै प्रमुख विशेषज्ञ (१२ औँ) तहमा बढुवा भएका महेन्द्र श्रेष्ठले स्वास्थ्य सेवा विभागको नेतृत्व सम्हालेको ठ्याक्कै साढे तीन महिना पुग्यो । डोटेलले व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हालेको भने एघार महिना नाघेको छ ।

कोरोना नियन्त्रणका यी दुबै निकाय सबैभन्दा महत्वपूर्ण मानिन्छन् । स्वास्थ्य मन्त्री ढकालले महानिर्देशक र निर्देशक दुबैको काममा चित्त नबुझाएरै मन्त्रालय खिचेको उच्च अधिकारीहरु बताउँछन् । हुन पनि पछिल्लो समय हुने मन्त्रालयमा हुने नियमित बैठकमा मन्त्री ढकालले महानिर्देशक र निर्देशकद्धयको कामप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।

स्वास्थ्यकर्मीको विदा, कोरोना नियन्त्रणका लागि मेडिकल स्वास्थ्य सामग्री खरीद, ओम्नीसंगको सम्झौँता र रद्ध लगायतका विषय एक पछि अर्को गर्दै विवादमा परेपछि मन्त्री असन्तुष्ट थिए ।

यो केही समय अघि नै हुनुपर्ने निर्णय हो । तयारी पनि थियो । केही ढिलो भयो । मन्त्रालय स्रोतले भन्यो ।

दिपेन्द्रलाई पनि सजिलो छैन्
स्वास्थ्य मन्त्री ढकालले कोरोनाको चुनौती शुरु हुँदै गर्दा महेन्द्रलाई विभागको जिम्मेवारी दिएका थिए । तर ओम्नी प्रकरणबाटै श्रेष्ठको लफडा शुरु भएको थियो ।

यतिवेला कोरोना केश तिब्र गतिमा बढेको छ । यसबेला नयाँ महानिर्देशकलाई मेडिकल सामग्री खरीद, क्वारेन्टिन व्यवस्थापन, जनशक्ति व्यवस्थापन, परीक्षण लगायतका कार्यहरु बढो ढंगका साथ गर्नुपर्ने चुनौती छ । स्वास्थ्य मन्त्री ढकालले डा दीपेन्द्रलाई आफूलाई थप प्रमाणित गरेर देखाउने अवसर दिएका छन् ।

उता व्यवस्थापनमा पुगेका डा खरेललाई पनि महामारीको बेलामा सहज र समयमै खरीदका कार्यलाई कुशलताका साथ निर्वाह गर्नुपर्ने चुनौती छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *