अमेरिकामा ६२ हजार बढी स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा, २९१ जनाको ज्यान गयो

एजेन्सी ।  अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अमेरिकामा मंगलबारसम्म ६२ हजार ३४४ स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड – १९)बाट संक्रमित भएका छन् । ती मध्ये २९१ जनाको मृत्यु भएको सीडीसीले जनाएको छ ।

अझ  सीडीसीले  बास्तविक संख्या यो भन्दा बढी हुनसक्ने जनाएको छ ।

यसैबीच अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुने पहिलो देश बनेको छ ।

रुसमा १०१ जना स्वास्थ्यकर्मीको मृत्यु

पछिल्लो समय कोरोना संक्रमणले तिव्रता पाएको रुसमा अहिलेसम्म १०१ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । स्वास्थ्यकर्मीहरुले यो तथ्य भन्दा मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने बताएका छन् ।

कोरोना संक्रमणको मामिलामा अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी प्रभावित देश रुस बनेको छ । यहाँ अहिलेसम्म ३ लाख ६२ हजार बढीमा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ३ हजार ८०७ पुगेको छ ।

न्युजिल्याण्डका अस्पतालमा कोरोनाका विरामी छैनन्
न्युजील्याण्डमा अब कोरोना महामारी नियन्त्रणमा आइसकेको छ । त्यहाँको अस्पतालमा अहिले कोरोना संक्रमित एक जना विरामी पनि छैनन् । देशमा अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।

१ हजार ५०४ जनामा संक्रमण देखिएको छ । यसमध्ये १ हजार ४६२ जना निको भइसकेका छन् । अहिले त्यहाँ २१ जना एक्टीव केश बाँकी रहेको बताइएको छ ।

सिंगापुरमा मास्क निशुल्क
सिंगापुरमा सरकारले मास्क निशुल्क वितरण गर्न थालेको छ । कोरोना संक्रमण रोक्नका लागि मास्क निशुल्क बाढ्न थालेको हो । यसको लागि शहरमा ४०० बढी बेडिग मेसिन राखिएको छ ।

पछिल्लो समयमा प्रवासी मजदुरहरुमा संक्रमण बढी देखिएको जानकारी आएको छ । अहिलेसम्म त्यहाँ ३२ हजार ८७६ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म त्यहाँ २३ जनाको मृत्यु भएको छ ।

संसारभर ?
संसारभर अहिलेसम्म ५७ लाख ३ हजार १४८ जना व्यक्ति कोरोना संक्रमणमा परेका छन् । त्यसमध्ये २४ लाख ४६ हजार ३९९ जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार ६१४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *