कोरोनाबाट मृत्यु भएकी सुत्केरीको गाँउमा थ्रोट स्वाब संकलन

0
Shares

सिन्धुपाल्चोक, ४ जेठ । गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण देखिएपछि उनको गाँउ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – ९ राम्चेलाई सिल गरिएको छ । स्वास्थ्यकर्मीहरुले कन्ट्याक्ट ट्रेसिङ गरी मृतकको सम्पर्कमा आएकाहरुको पहिलो चरणमा थ्रोट स्वाब लिएका छन् ।

त्यसअघि स्थलगत निरीक्षणका लागि  बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’,  मन्त्री अरुण नेपाल,  स्वास्थ्य तथा जनसख्या मन्त्रलायले बागमती प्रदेशसंग समन्वय गर्न खटाएको डा राधिका थपलिया र डा झलक गौतम, प्रदेश स्वास्थ्य निर्देशनालयबाट निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयबाट डा पुरुषोत्तमराज सेडाईँ, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा नारायण कार्की लगायतको टोली बाह्रविसे पुगेको थियो ।

तस्बिर : डा. झलक गौतम

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *