थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २५८ पुग्यो

368
Shares

काठमाडौँ, २ जेठ । मकवानपुर र बाँकेमा गरी थप ९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । शुक्रबार विहान स्वास्थ्य मन्त्रालयले नयाँ अध्यावधिक विवरण सार्वजनिक गरेर उक्त जानकारी दिएको हो ।

नयाँ विवरण अनुसार टेकुस्थित जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा मकवानपुर निवासी ३९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै भेरी अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा बाँके १, ३ र ५ निवासी बर्ष १८, २०,२२,२५,२५, २७,३२ र ३६ बर्षका पुरुषहरु छन् ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबैको स्वास्थ्य सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए ।
शुक्रबार थपिएको यो विवरणसंगै कुल संक्रमितको संख्या भने २५८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *