थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौँ, २ जेठ । मकवानपुर र बाँकेमा गरी थप ९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । शुक्रबार विहान स्वास्थ्य मन्त्रालयले नयाँ अध्यावधिक विवरण सार्वजनिक गरेर उक्त जानकारी दिएको हो ।
नयाँ विवरण अनुसार टेकुस्थित जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा मकवानपुर निवासी ३९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै भेरी अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा बाँके १, ३ र ५ निवासी बर्ष १८, २०,२२,२५,२५, २७,३२ र ३६ बर्षका पुरुषहरु छन् ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबैको स्वास्थ्य सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए ।
शुक्रबार थपिएको यो विवरणसंगै कुल संक्रमितको संख्या भने २५८ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]