दादुराको आउटब्रेक पछि चेपाङ समुदायका ३ हजार बालबालिकालाई खोप दिइयो
धादिङ, १९ वैशाख । चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन् ।
गजुरी गाउँपालिकामा एक हजार ४३० र बेनिघाटरोराङ गाउँपालिकामा दुई हजार २७६ ले दादुरा–रुबेला खोप लगाइएको हो ।
नेपाल सरकारले छ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप लगाउने अभियान शुरु गरेको थियो ।
क्षेत्रमा रहेको गजुरी र बेनिघाटरोराङमा बन्दाबन्दीको समयमा दादुरा–रुवेलाको महामारी फैलिएर दुई बालबालिकाको मृत्यु भएको र १५० भन्दा बढी बिरामी भएपछि खोप अभियान गाउँपलिकाभर सञ्चालन गरिएको होे ।
गत बुधबारदेखि शुरु खोप कार्यक्रम वैशाख २४ सम्म सञ्चालन हुनेछ । सो अवधी भित्र ती ठाँउका २० हजार बढी बालबालिकालाई खोप दिइने लक्ष्य लिइएको छ । महामारी नियन्त्रण गर्न र आउँदा दिनमा दादुरा–रुवेला लाग्न नदिन खोप लगाइएको हो ।
सम्पर्क इमेल : [email protected]