दादुराको आउटब्रेक पछि चेपाङ समुदायका ३ हजार बालबालिकालाई खोप दिइयो

164
Shares
धादिङको बेनिघाट रोराङ – १ मा खोप लगाइदिदै स्वास्थ्यकर्मी

धादिङ, १९ वैशाख । चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन् ।

गजुरी गाउँपालिकामा एक हजार ४३० र बेनिघाटरोराङ गाउँपालिकामा दुई हजार २७६ ले दादुरा–रुबेला खोप लगाइएको हो ।

नेपाल सरकारले छ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप लगाउने अभियान शुरु गरेको थियो ।

क्षेत्रमा रहेको गजुरी र बेनिघाटरोराङमा बन्दाबन्दीको समयमा दादुरा–रुवेलाको महामारी फैलिएर दुई बालबालिकाको मृत्यु भएको र १५० भन्दा बढी बिरामी भएपछि खोप अभियान गाउँपलिकाभर सञ्चालन गरिएको होे ।

गत बुधबारदेखि शुरु खोप कार्यक्रम वैशाख २४ सम्म सञ्चालन हुनेछ । सो अवधी भित्र ती ठाँउका २० हजार बढी बालबालिकालाई खोप दिइने लक्ष्य लिइएको छ । महामारी नियन्त्रण गर्न र आउँदा दिनमा दादुरा–रुवेला लाग्न नदिन खोप लगाइएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *