बागलुङकी १९ बर्षीया युवती कोरोना जितेर डिस्चार्ज

काठमाडौँ, १२ बैशाख ।  पछिल्लो दुईपटक कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बागलुङकी १९ बर्षीया युवती डिस्चार्ज हुने भएकी छन् । अबको केही बेरमा उनको डिस्चार्ज हुने स्वास्थ्य कार्यालय बागलुबागलुङका प्रमुख सुरज गुरौले बताए ।

गत ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी युवतीमा १५ चैतमा कोरोना संक्रमण भएको पाइएको थियो । संक्रमणपछि उनलाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।त्यसयता उनको छ पटक परीक्षण गरिएको थियो ।

‘पछिल्लो पाँचौँ र छैटौँ पटकको पीसीआर विधिबाट गरिएको कोरोना भाइरस परीक्षणमा रिपोर्ट नेगेटिभ आयो । आजै डिस्चार्ज गर्ने तयारी भएको छ,’ गुरौँले भने । 

उनीसंगै ४ चैतमा बेल्जियमबाट आएकी ६५ बर्षीया महिलामा पनि संक्रमण देखिएको थियो । तर उनी गत ६ बैशाखमै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन । यी युवतीको डिस्चार्जसंगै निको हुनेको संख्या ११ पुगेको छ ।

उता आजै झापामा थप एक जना ६२ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो संगै संक्रमितको संख्या ४९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *