कोरोनालाई जितेर सेती अस्पतालबाट डिस्चार्ज भइन ५० बर्षीया महिला

कैलाली, ११ बैशाख ।  कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्तिको आज डिस्चार्ज भएको छ । यो संगै कोरोना संक्रमणपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको सख्या १० पुगेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालमाबाट डिस्चार्ज अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए । आज डिस्चार्ज हुनेमा पाना विक हुन् । वीरगञ्जबाट कैलाली आउनुभएकी उनलाई कोरोना भाइरसको पुष्टि भएपछि यही वैशाख १ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यसअघि सो अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका ईन्द्र विक, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय अमृत शाही र कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक कोरोना निको भई डिस्चार्ज भईसकेका छन् ।

अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका—५ की ३४ वर्षीया एक महिलाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्जार्च हुनेलाई एक हप्तासम्म घरमा ‘होम क्वारेन्टाइन’ मा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन् ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले डिस्चार्ज हुनेलाई एक हप्तासम्म आफ्नो परिवारसँग हेलमेल नगरी कुनै कुरा गर्नुपरेमा कम्तिमा पनि दुई मिटरको दूरी कायम राख्न र स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा जानकारी दिन सल्लाह दिने गरिएको बताए । उनीहरुलाई घर फिर्ता पठाउँदा मास्क, ग्लोब र सेनिटाइजर उपलब्ध गराउने गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *