कोरोना विरुद्धको अभियानमा नेकपा पाल्पाका अध्यक्ष आचार्यले गरे ३ लाख सहयोग

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीलाई रकम हस्तान्तरण गर्दै अध्यक्ष आचार्य बायाँतर्फ

पाल्पा, १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा ३ लाख रुपैयाँ सहयोग गरेका छन् । प्रदेश सांसद समेत रहेका उनले जिल्लाका १० वटै स्थानीय तहले गठन गरेको कोरोना महामारी तथा विपत व्यस्थापन कोषमा ३० – ३० हजारका दरले जम्मा हुने गरी ३ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

‘यो मैले नितान्त व्यक्तिगत रुपमा उपलव्ध गराएको सहयोग हो । सबै पालिकाहरुमा रकम उपलव्ध गराईसकेँ,’ अध्यक्ष आचार्यले भने ।

उनले विश्वव्यापी शंकटको रुपमा देखापरेको महामारीलाई चिर्न सबैले आ आफ्नो क्षेत्रबाट सकेको योगदान गर्न समेत आग्रह गरे ।

पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिका सहित अरु आठ वटा गाँउपालिका छन् । ती गाँउपालिकाहरुमा निस्दी गाँउपालिका, पूर्वखोला गाँउपालिका, माथागढी गाँउपालिका, रम्भा गाँउपालिका, बगानासकाली गाँउपालिका, तिनाउ गाँउपालिका, रिब्दीकोट गाँउपालिका र रैनादेवी छहरा गाँउपालिका रहेका छन् ।

ती गाँउपालिकाले स्थानीय तहमा कोरोना महामारी तथा विपत व्यवस्थापन कोषमा गठन गरेका छन् । सो कोषबाट स्थानीय तहले क्वारेन्टिन निर्माण देखि जनचेतनाका कार्यक्रमहरु अघि बढाएका छन् । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *