कोरोना भाइरसबाट जोगिन फार्मासिस्ट तथा फार्मेसी सहायकले के गर्ने ? बन्यो निर्देशिका

काठमाडौँ, ७ बैशाख । अस्पताल भित्रको होस वा अस्पताल बाहिरको फार्मेसी पसल, बिरामीलाई औषधि बिक्री गर्न बसेका फार्मासिस्ट तथा फार्मेसी सहायकहरुमा कोरोना संक्रमण हुने सम्भावना निकै बढी छ ।   यसैलाई ध्यान दिदै बरिष्ठ फार्मासिस्ट र तिनका पेशागत संस्थाहरुको प्रतिनिधि मिलेर कोभिड १९ सम्वन्धी निर्देशिका तयार गरेका छन् ।

सो निर्देशिकामा कोभिड – १९ के हो ? कसरी जोजिने ? औषधि पसलमा बस्ने फार्मासिस्टहरुले के के सावधानी अपनाउने ? लगायतका विषय छन् ।

फार्मासिस्ट अगुवाहरुले आफूहरुले तयार गरेको निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत बुझाएका छन् ।

‘खासमा यो हाम्रा फर्टिनिटीहरुको सुरक्षा र समग्र रुपमा कोरोना रोकथामका लागि महत्वपूर्ण हुन्छ भन्ने हो । हाम्रो पहलमा बढो मिहिनेतका साथ यो निर्देशिका बनाएका हौँ । यो फार्मासिस्ट बाहेक आम समुदायका लागि पनि लाभदायी नै हुन्छ,’ हस्पिटल फर्मासिस्ट एसोसिएसन नेपालका महासचिव प्रदीप लम्सालले भने ।

उनले अस्पतालमा काम गर्ने डाक्टर नर्स तथा अन्य स्वास्थ्यकर्मी जत्तिकै खतरा औषधि पसलमा खटिने फार्मासिस्टहरुमा पनि हुने भन्दै सरकारलाई नीतिगत निर्णय थप सहयोग गर्न आफूहरुकै पहलमा निर्देशिका बनाई सरकारलाई बुझाएको बताए ।

निर्देशिका बुझाउन गत विहीबार महासचिव लम्साल सहित बरिष्ठ फर्मासिस्ट विवेक सिंह महत, नेपाल फर्मास्युटिकल एसोसिएसनका महासचिव ललित मोहन पन्त, नेपाल फार्मेसी परिसदका रष्जिष्ट्रार संजीजकुमार पाण्डे, नेपाल फार्मेसी संघका महासचिव युवराज भुसाल लगायतका पदाधिकारी स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

निर्देशिका बुझ्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । उनले निर्देशिकाले सरकारले थप नीतिगत निर्णय लिनका लागि सहज हुने बताए ।

यस्तो छ निर्देशिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *