उपचारमा खुशी भएपछि सेवाग्राहीले दिए ५० थान पीपीई

काठमाडौँ, ६ बैशाख । उपचार सेवाबाट प्रभावित भएपछि एक सेवाग्राहीले बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च सेन्टरलाई ५० थान पीपीई सहयोग दिएका छन् ।

इमाडोल निवासी अनुपकुमार सिंहले आफ्नो आमा निर्मला राज्य लक्ष्मी देवी सिंहसंग शनिबार अस्पतालमै पुगेर अध्यक्ष डा बुद्धिमान श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा पीपीई उनले आफ्नो स्वर्गीय बाबु हिमालय कुमार सिंहको स्मृतिमा सहयोग स्वरुप प्रदान गरेको बताए ।

अनुप एक साता अघि दाँत दुखेर आत्तिएका थिए । दाँतको उपचार गर्न धेरै ठाँउमा सोधपुछ गरे । सबै ठाँउमा बन्द भन्ने सुने । तर अन्तिममा कान्तिपुर डेन्टलमा सेवा सुचारु छ भन्ने थाह पाए । अनि त्यहाँ गए, उपचार गरे । समस्या पनि समाधान भयो ।

‘खासमा उहाँ यस्तो असहज अवस्थामा पनि कान्तिपुरले सहज रुपमा उत्कृष्ठ सेवा दिएको भन्दै खुशी भएर उहाँले आज पीपीई सहयोग गर्न आउनु भयो । यसमा हामी निकै खुशी छौँ,’ डा श्रेष्ठले भने ।

उनले कोरोना संक्रमणमा सबैभन्दा खतरा दाँत सम्वन्धी उपचार सेवामा हुने र दाँतका डाक्टरहरु सबैभन्दा जोखिममा पर्ने भएपनि सुरक्षित ढंगले सेवा दिइरहेको बताए ।

डा श्रेष्ठले सेवाग्राहीले यसरी सहयोग गर्न आउँदा आफूलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *