सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण

292
Shares

काठमाडौँ, २८ चैत । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन ।

सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले बितरण गरिने जानकारी दिए । उनले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमीलाई धन्यवाद दिए ।

कम्पनीका प्रोपाइटार समेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको बताए । औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो ।

सेनिटाइजर करिव एक करोड रुपियाँ बरावरको रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *