जुम्लामा विदेशबाट आएका ३२४ जनाको ‘थ्रोट स्वाव’ संकलन गरी काठमाडौँ पठाइयो

जुम्ला एयरपोर्टमा दुरी कायम गरी थ्रोट श्वाव उपलव्ध गराउन लामवद्ध भएका व्यक्तिहरु

जुम्ला २५ चैत । पछिल्लो समय भारत सहित तेस्रो मुलुकबाट फर्केका जिल्लाका सबै व्यक्तिको पहिचान गरी उनीहरुको कोरोना भाइरस (कोभिड १९)  जाँच गर्न नमूना संकलन गरिएको छ ।

मंगलबार जिल्लाको तीन स्थानमा टोली पठाएर ३२४ जनाको नमूना –(थ्रोट स्वाव) संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले बताए ।

उनका अनुसार नमूना संकलन गर्न तीन स्थानमा तीनवटा टोली परिचालन गरिएको थियो । जुम्ला एयरपोर्टमा खटिएको नेपाल प्रहरीकी डाक्टर रुजु केसीको नेतुत्वमा डा रुजु श्रेष्ठसहितको टोलीले थ्रोट स्वाव शंकलन गरेको थियो । सो टोलीले त्यहाँबाट १५० जनाको नमूना संकलन गरेको थियो ।

यस्तै कनकासुन्दरी गाँउपालिका लासिपाटन चौरमा स्वयं डा रावल नेतृत्वमा डा धीरज गुरुङ सहितको टोलीले नमूना संकलन गरेको थियो । उक्त टोलीले सो ठाँउबाट ५० जनाको नमूना सकंलन गरेको थियो ।

यस्तै हिमा गाँउपालिकाको देयारगाँउमा नमूना संकलन गर्न प्रतिष्ठानका ल्याव इन्चार्ज विवेक पुनको नेतुत्वमा राजबहादुर खत्री, किरण रावत सहितको टोली पुगेको थियो । उक्त टोलीले त्यस स्थानबाट १२४ जनाको नमूना संकलन गरेको थियो ।

संकलित नमूना आजै दिउसो ३ बजे नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको डा रावलले बताए । उनले भारत सहित तेस्रो मुलुकबाट आएका र अन्य शंकास्पद सबैको नमूना संकलन भएको दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *