स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कुन – कुन अस्पतालले कोरोना उपचार गर्ने ? कसले अन्य सेवा ?’

काठमाडौँ, १७ चैत । कतिपय अस्पतालहरुले कोरोना (कोभिड-१९)को आशंका गर्दै बिरामी फर्काउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार गर्ने र अन्य रोगको उपचार गर्ने अस्पताल तथा स्वास्थ्य संस्था तोकिदिएको छ ।

मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै यसअघि नै तोकिएका डेजिगनेटेड हस्पिटल सबै, र हव हस्पिटललाई सबैलाई कोभिड क्लिनिक अनिवार्य रुपमा सञ्चालन गर्न तथा कोभिड १९ को शंकास्पद विरामीहरुको लागि मन्त्रालयले तोकेको अनुसार उपचार गर्न भनेको छ ।

मन्त्रालयले यहि दायित्व सबै प्रादेशिक अस्पताल एवं प्रदेश अन्तरगर्तका अस्पताल, सबै मेडिकल कलेज तथा शिक्षण अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा पनि लागू हुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा जारी विज्ञप्तीमा यी अस्पतालहरुले कोभिड क्लिनिकका अतिरिक्त अन्य आकस्मिक स्वास्थ्य उपचार सेवाहरु साविक बमोजिम नै प्रदान गर्न र त्यस्तो सेवा प्रदान गर्न चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरु विरामी र तिनका आफन्तहरुको सुरक्षालाई ध्यानमा राखेर प्रवन्ध मिलाउन समेत निर्देशन दिएको छ ।

मन्त्रालयले यी बाहेकका अरु अस्पतालहरुलाई आकस्मिक उपचार तथा एक्वीट केयर प्रदान गर्ने स्वास्थ्य सेवाहरु यथावत सञ्चालन गर्न निर्देशन दिएको छ ।

आइतबारको मिडिया ब्रिफिङमा प्रवक्ता डा देवकोटाले कतिपय निजी अस्पतालहरुले कोरोनाको आशंका गर्दै ज्वरोका विरामीहरुलाई गेटबाटै फर्काएको भन्ने गुनासो आएको भन्दै त्यस्तो नगर्न वा कारवाहीको भागि बन्न चेतावनी दिएका थिए ।

उनले शंकटको बेला सरकारी,निजी सामुदायिक, सार्वजनिक सबैखाले अस्पतालहरु एक भएर सेवामा खटिनुपर्ने बताएका थिए ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *