चीनबाट आइतबार मेडिकल सामग्री आउँदै

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण रोक्न चीनबाट आइतबारसम्म अत्यावश्यक मेडिकल सामग्री आउने भएको छ । सो सामग्रीले अतिनै अभाव भएपनि एक महिनासम्म धान्ने दावि गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशनकुमार पोखरेलले शनिबार राती वा आइतबार विहानसम्म चीनबाट पहिलो लटमा मेडिकल सामग्री आउने बताए । ‘के के सामग्री आउँछ र कति आउँछ भन्नेबारेमा अहिले नभनौँ तर त्यो सामग्रीले अहिलेको क्राइसिसलाई एक महिनासम्म धान्छ,’ उनले भने ।

चीनबाट ल्याइने मेडिकल सामग्रीमा मास्क, पीपीई, आइसीयू देखि औषधिहरुसम्म हुने समेत डा पोखरेलले जानकारी दिए ।

यता सरकारले मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० विमान चार्टर गर्ने भएको छ । वाइडबडी मार्फत चीनबाट समान ल्याउने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार राती निर्णय गरको हो।

यसअघि अप्रिल ३ अर्थात् चैत २१ गते सामान लिने निगमको वाइडबडी जहाज पठाउने तयारी भएको थियो। तर, मेडिकल सामानको अभाव हुन नदिने भन्दै सरकारले चैत १५ र २० गते गरी दुई उडानबाट सामान ल्याउन नेपाल वायुसेवा निगमको विमान प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका सह–सचिव सुरेश आर्चायले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वान्जाओमा चैत १५ गते स्वास्थ्य मन्त्रालयको टोली लिएर पहिलो उडान शनिबार जानेछ भने अर्को उडान चैत २० मा हुने गरी निर्णय भएको आर्चायले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *