भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २५६ पुग्यो

556
Shares

दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५६ पुगेको छ । शुक्रबार मात्रै ५० जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यो संख्या शनिबार विहानसम्म आईपुग्दा ५६ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर २५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुको सम्पर्कमा रहेका ६ हजार ७०० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतमा संक्रमित मध्ये ३२ जना विदेशी नागरिक हुन् । १७ जना इटालियन, ३ जना फिलिपिनो, २ जना ब्रिटेन, एक एक जना क्यानेडियन, इन्डोनेसिया, सिंगापुरका नागरिक छन् ।

भारतमा अहिलेसम्म दिल्ली, कर्नाटक, पञ्जाव र महाराष्ट्रमा गरी ४ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *