काठमाडौँमा ५० बेड माथिका अस्पताललाई साधारण जाँच र तत्काल गर्नुपर्ने शल्यक्रिया चैत मसान्तसम्म रोक्न निर्देशन

काठमाडौँ, ७ चैत ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ५० शैय्या र सो भन्दा माथिका अस्पताललार्ई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्वन्धी सेवाहरु चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसको व्यवस्थापनको तयारीका लागि यस्तो निर्णय गरेको हो ।

विहीबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले १०० शैय्या माथिका सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालन गर्न यसअघि निर्णय भइसकेको भन्दै त्यसको कार्यान्वयन भएको नभएको गर्न अनुगमन समितिलाई निर्देशन दिएको छ ।

यस्तै बैठकले कोरोना भाइरसको समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तिमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार परीक्षण गर्ने व्यवस्था मिलाउन समेत निर्णय गरेको छ ।

यस्तो छ बिहीबार भएको स्वास्थ्यमन्त्रीस्तरीय १५ निर्णय

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *