नेपाललाई चीन सरकारद्धारा एक लाख थान मास्क र २० हजार थान थर्मल गन सहयोग

1.8k
Shares

काठमाडौँ, ६ चैत । चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन ( इन्फाइरेड थर्मामिटर) सहयोग गरेको छ ।

प्रेस काउन्सिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले सो जानकारी दिएका हुन् ।

उनले नेपाललाई आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता चीनले जनाएको समेत बताए ।

यसअघि नेपालले चीनको वुहानमा कोरोना भाईसरको संक्रमण बढदै गर्दा एक लाख थान मास्क सहयोग गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *