शिक्षण अस्पतालबाट समीक्षा संग्रौँला बाहिरिदै गर्दा…….
काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला आज अपरान्ह डिस्चार्ज भएकी छन् । शल्यक्रिया गरेको एक साता पछि उनी आज डिस्चार्ज भएकी हुन् ।
डिस्चार्ज हुनु अघि उनले प्रधानमन्त्री ओलीलाई राखिएको आइसीयूमा पुगेर भेटेकी थिइन ।
डिस्चार्ज हुँदै गर्दा उनले चिकित्सक नर्स तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिएकी थिइन । उनी आफ्ना परिवारका सदस्य तथा आफन्तहरुसंग बाहिरिएकी थिइन ।
प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई अंग दिन समिक्षा गत अघिल्लो सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन ।



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



