नर्सिङ लाइसेन्स परीक्षामा ८८.५ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २४ फागुन । नेपाल नर्सिङ काउन्सिलले आज सञ्चालन गरेको २४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ८८.५ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार परीक्षामा ४ हजार ९६० जना सहभागी थिए । त्यसमध्ये ४ हजार ३९० जना (८८.५ प्रतिशत) उत्र्तीर्ण भएका हुन् । परीक्षामा ५७० जना अर्थात ११.५ प्रतिशत अनुत्तिर्ण भएका छन् ।

मिडवाईफको लाइसेन्स परीक्षामा ८७.५ प्रतिशत पास
नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक मिडवाइ फ्री अध्ययन सकेकाहरुको समेत नाम दर्ता (लाइसेन्स) परीक्षा लिएको छ । पहिलो पटक भएको यो विषयको परीक्षामा ८७.५ प्रतिशत पास भएका छन् ।

काउन्सिल रजिष्ट्रार घिमिरेका अनुसार परीक्षामा ८ जना सहभागी भएका थिए । ती मध्ये ७ जना पास भएका हुन् ।

यो परीक्षामा लिखित र प्रयोगात्मक दुबै थियो । प्रयोगात्मक गत २२ फागुनकै दिन सम्पन्न भएको र लिखित मात्रै आज लिइएको रजिष्ट्रार घिमिरेले जानकारी दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *