आजबाट दादुरा – रुवेला खोप अभियानको पहिलो चरण प्रारम्भ

काठमाडौँ, १ फागुन ।  सरकारले आज देखि  दादुरा रुवेला खोप अभियान सञ्चालन गर्दैछ । दुई चरणमा सञ्चालन गरिने यो अभियानको पहिलो चरण  (फागुन महिना भर) तीनवटा प्रदेशमा ( १, २ र ५) का  ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो ।

खोप अभियानको दोस्रो चरण भने आगामी चैत महिनामा शुरु हुन्छ । त्यसबेला बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइने तयारी भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा झलक गौतमले बताए ।

उनका अनुसार दुई चरणमा गरी यो खोप ९ महिना देखि ५ बर्षसम्मका करीब ३० लाख बालबालिकालाई दिइदै छ ।

डा गौतमले यस पटक झापादेखि कञ्चनपुरसम्मका तराईका १८ जिल्लाका (चितवन र नवलपरासीलाई छाडेर) सबै बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाईने बताए ।

अहिले नेपालमा पोलियोको शून्य अवस्था छ। तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागेको उनले जानकारी दिए ।

त्यसो त नेपालमा सन् २०१० देखि पोलियो रोगको नयाँ बिरामी भेटिएका छैनन् ।

डा गौतमले नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको बताए ।

नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमश दोस्रो, तेस्रो र चौथो अभियानको रुपमा सञ्चालन भएको थियो ।

यसैबीच केन्द्रीय रुपमा काठमाडौँमा यो अभियानको शुरुवात गरिदैँछ । भने प्रदेशहरुले पनि आ आफ्ना ढंगले अभियानको शुरुवात गर्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *