चीनबाट फर्काइने नेपालीलाई कहाँ राख्ने ? अझै निर्णय गरेन सरकारले

काठमाडौँ, २२ माघ । कोरोनाभाइरस फैलिएको चीनको हुवेई प्रान्तमा रहेका १८० नेपालीलाई स्वदेश फर्काएर कहाँ राख्ने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन् । मंगलबार बेलुका मुख्य सचिवको अध्यक्षतामा बैठक बसेर स्थानको टुंगो लगाउने भनिएपनि सो विषयमा निर्णय हुन् सकेन । बरु बजेट अन्य विषयमा छलफल केन्द्रीत भएको बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

कतिपय सञ्चारमाध्यमले भने नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्र भक्तपुरको खरीपाटीमा राख्ने निर्णय भएको उल्लेख गरेका थिए ।
‘हिजो यस विषय टुंगो लाग्ला भनिएको थियो । तर स्थानको बारेमा छलफल नै भएन । अब बरु आज १ बजे पुन मुख्य सचिवको अध्यक्षतामा छलफल हुँदैछ । बरु आज टुंगो लाग्ला कि ?,’ ती सदस्यले भने ।

मुख्य सचिवको अध्यक्षतामा बालुवाटारमा बस्ने भनिएको हिजोको बैठकका लागि स्वास्थ्यबाट सचिव खगराज बराल, सहसचिव डा दिपेन्द्ररमण सिंह, हेल्थ इमरजेन्सी शाखाका सागर दाहाल र भीम सापकोटा पुगेका थिए ।

यी हुन् सम्भावित चार स्थान
सरकारले हुवे प्रान्तमा रहेका स्वस्थ रहेका नेपालीलाई मात्रै स्वदेश फर्काउने हो । नेपाल ल्याउनु अघि चिनियाँ अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्नेछन् ।

त्यहाँ स्वस्थ पाइएका नेपालीले मात्रै हवाइजहाजमा इन्ट्रि पाउँछन् । तर दुई देखि १४ दिनसम्म इन्कुभेसन पिरियड भएकाले ल्याइएका सबै स्वस्थ नेपालीलाई छुट्टै सुरक्षित स्थान (क्वारेन्टाइन)मा राखिनेछ ।

अहिले त्यहि सुरक्षित स्थान (क्वारेन्टाइन) को खोजी गरि निर्णय गर्न ढिलाई भएको हो ।

हिजोको बैठकमा नेपाली सेनाले विभिन्न चारवटा स्थान उपयुक्त भएको बताएको छ । नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्र रहेको भक्तपुरको खरीपाटी, खानेपानीको तालिम केन्द्र नगरकोट, नेपाली सेनाको पाँचखाल व्यारेक वा नेपाली सेनाको शिवपुरी व्यारेक (अल्ले व्यारेक)मा राख्न सकिने राय दिएको छ ।

आज एक बजे बस्ने बैठकले क्वारेन्टाइनको टुंगो लाग्न सक्ने बतायो ।

यता परराष्ट्र मन्त्रालयले क्वारेन्टाइनको निर्णय नहुँदा चीनमा रहेका नेपालीलाई फर्काउन ढिलाई भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *