चिकित्सक संघको निर्वाचन : दोस्रो दिन ८३० मत खस्यो

काठमाडौँ, १८ माघ । नेपाल चिकित्सक संघको उपत्यका शुरु भएको निर्वाचनको दोस्रो दिन आज ८३० मत खसेको छ । हिजो उपत्यकाको पहिलो दिन ३२६ मत खसेको थियो। हिजो र आजको गरी उपत्यकामा मात्रै १ हजार १५६ मत खसिसकेको छ ।

शनिबार भएर पनि होला मतदान केन्द्र आज विहान देखि नै भिडभाड थियो । मतदान केन्द्र रहेको प्रदर्शनीमार्गस्थित संघको केन्द्रीय कार्यालयमा विहान ११ बजे देखि शुरु भएको आजको मतदान ४ बजेसम्म नसक्किएपछि केही पछिसम्म चलेको थियो ।

उपत्यका भित्र अझै तीन दिन अर्थात आगामी मंगलबारसम्म मतदान हुनेछ ।

उपत्यका बाहिर भने निर्वाचन भईसकेको छ । माघको ४ र ५ गते भएको मोफसलको निर्वाचनमा २ हजार ८५० भोट खसेको छ ।
निर्वाचनमा यसपटक लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र पेशागत समावेशी समूहबाट डा पुष्पमणि खराल अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *