बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. निर्मल लामिछाने नियुक्त

काठमाडौँ, १४ माघ । सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल)मा रिक्त अध्यक्ष पदमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा लामिछानेलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

बरिष्ठ युरोलोजिष्ट डा लामिछाने यसअघि सो अस्पतालका डेपुटी डाइरेक्टरको जिम्मेवारी समेत सम्हालेका थिए ।

यसअघि अध्यक्ष बनेका डा प्रकाश राज न्यौपानेको कार्यकाल २ असोज २०७५ मा सकिएपछि क्यान्सर अस्पताल अध्यक्षविहीन बनेको थियो । विकास समिति अन्तरगर्त सञ्चालित उक्त अस्पतालमा अध्यक्षको कार्यकाल ४ बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *