बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. निर्मल लामिछाने नियुक्त
काठमाडौँ, १४ माघ । सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल)मा रिक्त अध्यक्ष पदमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा लामिछानेलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
बरिष्ठ युरोलोजिष्ट डा लामिछाने यसअघि सो अस्पतालका डेपुटी डाइरेक्टरको जिम्मेवारी समेत सम्हालेका थिए ।
यसअघि अध्यक्ष बनेका डा प्रकाश राज न्यौपानेको कार्यकाल २ असोज २०७५ मा सकिएपछि क्यान्सर अस्पताल अध्यक्षविहीन बनेको थियो । विकास समिति अन्तरगर्त सञ्चालित उक्त अस्पतालमा अध्यक्षको कार्यकाल ४ बर्षको हुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



