यो बर्ष देखि ‘पीजी’मा ‘कमन इन्ट्रान्स’ लागू गर्दै चिकित्सा शिक्षा आयोग

काठमाडौँ, १४ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यो वर्ष देखि चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) लिने तयारी गरेको छ । आयोगले आगामी चैतमा साझा प्रवेश परीक्षा लिने तयारी गरेको हो ।

आयोग उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले ‘कमन इन्ट्रान्स’का लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए ।

‘यो बर्ष देखि हामीले चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स तहको कमन इन्ट्रान्स एक्जाम शुरु गर्ने भएका छौँ । त्यसका लागि आवश्यक तयारी गरिरहेका छौँ,’ उनले भने ।

उनले एउटै परीक्षा भएपछि धेरैवटा संस्थामा गएर परीक्षा दिने झन्झटबाट विद्यार्थीहरु मुक्त हुने समेत विश्वास व्यक्त गरे । ‘अब मेडिकल कलेज र प्रतिष्ठानहरुमा पीजी अध्ययन गर्नका लागि एउटै प्रवेश परीक्षाले काम गर्छ,’ डा गिरीले भने ।

यसअघि पीजीका लागि विश्वविद्याल र प्रतिष्ठानहरुले छुट्टाछुट्टै परीक्षा गर्दै आएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *