स्वास्थ्यमा सरुवा : पानबहादुर क्षेत्रीलाई मन्त्रालय, संगिता साहलाई औषधि व्यवस्था विभाग

काठमाडौँ, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपसचिव तहका केही कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य सचिव खगराज बरालले आइतबार सचिवस्तरीय निर्णय गर्दै केही कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेका हुन् ।

सहसचिव रघुराम बिष्टका अनुसार अनुसार औषधि व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीलाई स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयकी संगिता साहलाई औषधि व्यवस्था विभागमा पठाइएको छ ।

यस्तै मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव भानुभक्त न्यौपानेलाई राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर सरुवा गरिएको छ । अर्का उपसचिव इन्द्र गौतमलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ ।

मन्त्रालयमा कर्मचारी प्रशासन हेर्न उपसचिव प्रमोद सिंम्खडालाई जिम्मा दिइएको छ । यस्तै आन्तरिक प्रशासनमा कृष्ण लम्साललाई पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *