यसरी स्वास्थ्यकर्मीविहीन बनेका छन् गाउँपालिकाहरु

काठमाडौँ, ६ माघ । स्वास्थ्यकर्मीको समायोजन पछि पहाडी तथा हिमाली जिल्लाका कतिपय गाउँपालिकाहरु स्वास्थ्यकर्मीविहीन भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँचवटा गाउँपालिका अनमीविहीन छन् । यस्तै दुईवटा गाउँपालिकामा अहेव, सुपरभाईजर र हेल्थ असिस्टेन्ट विहीन छन् ।

मनाङको चामे र ङिस्याङ गाउँपालिका, मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, डोल्पाको छार्का ताङ्सोङ गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिका अनमीविहीन बनेका हुन् । यस्तै मुस्ताङ्गको लो घेकर दामोदरकुण्ड गाउँपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका अहेव, हेल्थ असिस्टेन्ट र सुपरभाईजर विहीन बनेका छन् । अन्य दर्जन बढी गाउँपालिकाहरुमा भएको दरबन्दीमा ८० देखि ९० प्रतिशत खाली छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं समायोजन पछि गुनासो सम्वोधन गर्ने इकाईका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मीको समायोजनले दुर्गम भेगमा झनै जटिलता थपेको बताउँछन् । उनले रिक्त भएका ती स्थानमा स्वास्थ्यकर्मी पठाउने पहल भईरहेको जानकारी दिए ।

‘ती ठाँउका स्वास्थ्यकर्मी भएनन्, बाहिरबाट गएर सेवा दिएका स्वास्थ्यकर्मीहरु समायोजन पछि आफ्नो नजिकको पायक पर्ने ठाँउमा पदस्थापन भए । यसले झन् समस्या भयो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *