पोखराको मणिपाल हस्पिटलमा चम्ल्याहा शिशुको जन्म

पोखरा, २ माघ । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तान जन्माएकी हुन् ।

हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले चार सन्तान जन्माएको मणिपाल अस्पतालका चिकित्सक डा दिनेश चौधरीले जानकारी दिए । उनले पौडेल ३४ हप्तामै सुत्केरी भएको जानकारी दिए ।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.५३ किलो तौल, दोस्रो छोरा १.३० किलो तौल, तेस्रो छोरी १.३१ किलो तौल र चौथो छोरी १.४४ किलो तौलको एनआईसीयूका नर्स सुनिताले बताइन ।

डाक्टर चौधरीका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको बताए । यद्धपी तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *