चिकित्सा शिक्षा अध्ययन् गर्न गाउँपालिकाको छात्रबृत्ति

जुम्ला, १ माघ । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएस तथा बीडीएस अध्ययनका लागि सघाउने भएको छ । यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका स्थानीय विद्यार्थीलाई चिकित्सक एमबीबीएस तथा बीडीएस अध्ययनका लागि सघाउन लागेको हो ।

गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले स्वास्थ्यसंगै प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए ।

चालू आवमा उच्चशिक्षा अन्तरर्गत एमबीबीएसका लागि पाँच लाख, बीडीएसका लागि चार लाख, भेटनरी डाक्टरका लागि चार लाख, बीएस्सी एजी, बीई लगायतका विषय अध्ययनका लागि एक एक लाख छात्रवृत्ति सहयोग गर्ने गरी बजेट बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ । चालु आर्थिक बर्षका लागि शिक्षामा १ करोड ३५ लाख बजेटमध्ये छात्रबृत्ति कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम शुरु गरेको जनाएको छ ।

सात वटामा विभाजित पातारासी गाउँपालिकामा समुन्द्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा रहेको छ । यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसङ्ख्या रहेको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि पातारासी गाउँपालिकाको पर्यटकीय, व्यावसायिक, वातावरणीयलगायत विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *